काठमाडौँ, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो परीक्षण रिपोर्टअनुसार कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा गएिको परीक्षण अनुसार धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र दुवै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोकी २९ वर्षीय महिलाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य मन्त्रालयलये पुष्टि गरेको छ ।