काभ्रे र महोत्तरीमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७८ पुग्यो

  जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

संक्रमितमध्ये पुरुष २ सय २४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् । जसमा ३६ जना निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षणहरु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.03

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.03#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 16. Mai 2020

तपाईको प्रतिक्रिया