थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ७३ पुग्यो

  जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : पछिल्लो कोरोना परीक्षण रिपोटअनुसार नेपालमा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो परीक्षण रिपोटअनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा बर्दिया, नार्खु ११ निवासी २८ वर्षीया महिला, सिराहा, सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीय महिला, चितवनको गढौली १ निवासी २५ वर्षीया महिला हुनुहुन्छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया