दाङका संक्रमित एक त्रिवि शिक्षण अस्पतालका चिकित्सक भएको आशंका

  जेठ ०३, २०७७

देउखुरी, जेठ ३ : कोरोना सङ्क्रमित देखिएका दाङ तुलसीपुर वडा नम्बर ७ का ३४ बर्षीय पुरुष काठमाण्डौको त्रि.वि. शिक्षण अप्पातलमा कार्यरत स्वास्थ्यकर्मी रहेको बुझिएको छ । उनको परीक्षण काठमाडौमै भएको भए पनि चैत १८ गते दाङ घर आएर काठमाण्डौ फर्किएको पाइएकोले यस बारे थप अनुसन्धान गरिहेको तुलसीपुर नपा ७ नम्बर वडा अध्यक्ष टोपवहादुर केसीले जानकारी दिनुभयो ।

उहाँ आएर गएको भन्ने बुझएिको छ, सो समयमा उहाँ कहाँ जानुभयो भन्ने खुलेको छैन हामी यसमा पहिचान थालेका छौ, वडाअध्यक्ष केसीले भन्नुभयो । यता त्रिवि शिक्षण अस्पतालका अधिकारीहरुले भने शिक्षण अस्पतालमा आँखा विभागमा कार्यरत चिकित्स संक्रमण भन्ने समाचारहरुमा आए पनि आधिकारी रुपमा स्पष्ट नभएको र यसबारे बुझने काम भइ रहेको बताए ।

भारतबाट आएका दाङ गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुइजनामा कोरोना सङ्मण पुष्टि भएसंगै उनिहरुसंगको कनटयाग टेर्सिङ (सम्पर्क पहिचान ) थालिएको छ । भारतको गोरखपुर र मुम्बइबाट आएका ३६ र २३ बर्षिय पुरुषमा सङमण देखिएको हो । उनिहरुको लमहीमा स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान दाङ र थप परिक्षणको लागि भेरी अस्पताल नेपालगंज लगिएको थियो । सङक्रमित दुइजनालाई शुक्रबार राती दाङको बेलडठझुण्डी अस्पतालमा लगिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले जानकारी दिनुभयो ।

कृष्णनगरबाट एम्बुलेन्समा दाङ
सङक्र्मित दुवैजनालाई कपिलवस्तुको कृष्णनगरबाट स्थानीय जनप्रतिनिधिको पहलमा एम्बुलेन्सबाट गढवा ल्याइएको थियो । उनिहरु कृष्णनगरमा सात दिन क्वारेन टाइनमा बसेका थिए । कृष्णनगरको क्वारेनटाइनमा बस्न समस्या भएको भन्दै वडा कार्यालयमा परिवारले दबाब दिएपछि कोरोना पोजेटिभ देखिएका दुइजना सहित पाँचजना दाङ आएका थिए । त्यी मध्ये एकजना दाङ बंगालाचुली निबासी कालाकाटेमा उत्रिएका थिए ।

सङक्रमित दुइजनालाई घर जना नदिएर सिधै क्वारेनटाइनमै राखेरे विहिबार स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको थियो । उनिहरु बसेको क्वारेनटाइनमा अन्य आठजना पुरुषहरु पनि बसेका छन् । आठजना मध्ये सातजना भारतबाट एकजना बद्धियाबाट आएको खुलेको छ । अहिले सङक्रमित लाई कृष्णनगरबाट गढवा र गढवाबाट लमही स्वाब संकलन गर्न ल्याउने दुवै एम्बुलेन्सका चालकलाई गढवाकाको क्वारेन टाइनमा राखिएको छ । यो विचमा एम्बुलेन्समा अन्य व्यत्तिहरुलाई पनि चढाएको बुझीएकोले यस विषयमा पहिचान थालिएको बुझीएको छ ।

तपाईको प्रतिक्रिया