लगानी र रोजगारी सिर्जनामा सरकारको प्राथमिकता

  जेठ ०२, २०७७

काठमाडौं बैशाख २ : सरकारले ठूला पूर्वाधार आयोजनामा थप विदेशी लगानी आकर्षण गर्ने बताएको छ । संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार लगानी प्रवर्दनमार्फत उत्पादन र उत्पादकत्व वृद्धि, सार्वजनिक सेवा प्रवाह सु्धार गर्न आन्तरिक बचतलाई प्रवर्दन पनि गरिने बताउनु भएको हो ।

लगानी एकिकृत गर्ने गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रको लागनी उत्पादन मुलक र उच्च प्रतिफल युक्त आयोजनामा केन्द्रित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विकाश अयोजना निर्धारित समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्ने र आवश्यकता अनुसार आयोजनाहरुको पुनः संरचना र प्राथमिकीकरण लाई पनि सरकारले अगि वढाउने निति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले आकर्षक कार्यक्रमका रुपमा वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा स्वदेशमै नवप्रवर्तनकारी कार्यक्रमका लागि विउ पुँजी सरकारले नै उपलब्ध गराउने उल्लेख छ । स्वस्थ नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा आधार स्तम्भको विकासबाट व्यापक रोजागारी सृजना गर्ने सरकारको लक्ष्य छ । ्पर्यप्त रोगजारी नभएका वेला स्वेदशको संकुचित रोजगारी र विदेशिएका फर्किदा बेरोजगारी बढने देखिएको भन्दै कृषि, उत्पादनमुलक, निर्माण सेवा क्षेत्रजस्तामा परिचालन गरिने कार्यक्रममा उल्लेख छ ।

शीप युक्त र दक्ष श्रमिकको अभाव पुरा गर्न श्रम सीप विकासका सवै कार्यक्रम एकिकृत रुपमा परिचालन गर्ने नीति सरकारले लिएको छ । यसका लागि सवेै स्थानीय तयमा घुम्ती तालिम दिने उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ शीप युक्त बनाउँदै बेरोजगार लक्षित कार्यक्रमका रुपमा विकाश गर्ने नीति रहेको भण्डारीले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया