चीनबाट सेनाले खरिद गरेका १० कन्टेनर सामान खासामा

  जेठ ०२, २०७७

मेलम्ची, जेठ २ : सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् ।

कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

शनिबारसम्म काठमाडौँ पठाउने तयारी भएको उहाँले बताउनुभयो । सेनाले जीटुजी प्रक्रियामार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया