चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

  जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् ।

एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । पछिल्लो केही समययता अमेरिकाले चीनसँग कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएको छ । चीनमाथि अमेरिकाले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।

यद्यपि चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो समय ट्रम्पले निरन्तर चीनको विरोध गर्दै आउनुलाई आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको एक रणनीतिको रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया