काठमाडौँ, धनुषा र धादिङमा तीन संक्रमित थपिए, संक्रमित संख्या २४९

  जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : आज तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका नयाँ तीन सङ्क्रमित धनुषा, धादिङ र काठमाडौँ दहचोकका रहेका छन् ।

संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताउनुभयो । यसअघि आज बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो ।

आज मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया