नवलपरासी पूर्वमा पनि भेटिए एकजना कोरोना संक्रमित

  जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया