काठमाडौं, वैशाख ३१ : लतिलपुरको निदान अस्पताल तथा आरोग्य फाउण्डेशनको भवनलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सिल गरेको छ ।
भक्तपुरमा कोरोना संक्रमण देखिएकी एक युवती निदान अस्पतालमा कार्यरत रहेको पाइएकाले र निदान अस्पताल तथा आरोग्य फाउण्डेशनको एकै भवनवाट संचालन भैरहेकाले दुबै भवनलाई शिल गरिएको महानगरीय प्रहरी परिसर लतिलपुरका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले जानकारी दिनुभयो ।
अहिले जिल्ला जनस्वास्थयका स्वास्थयकर्मीले साे अस्पतालमा कार्यरत कर्मचारिकाे स्वब संकलन काे तयारी भइरहेकाे र उनीहरूकाे स्वब परीक्षण रिपाेर्ट नअाएसम्म सिल रहेन ललितपुर प्रहरीका प्रमुख एसएसपी टेकबहादुर राइले बताउनुभयाे ।