मौसम खुल्यो, कृषक बाली भित्राउँदै

  बैशाख २७, २०७७

डोटी, बैशाख २७ : मौसममा सुधार आए सँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कृषकहरुको ब्यस्तता बढेको छ । दुइ हप्ता भन्दा लामो समयसम्मको लगातारको बर्षाको कारण पाकेको गहुँ भित्राउनमा किसानलाइ समस्या भएकोमा केहि दिन देखि बर्षा रोकिए पछि किसानहरु गहुँ भित्राउन र धानको बीउ राख्नमा ब्यस्थ देखिन्छन् ।

अछामको चौरपाटी गाउँपालिका स्थीत मार्कुमा गहुँ काट्नमा ब्यस्थ कृषक रनबहादुर खडकाले भन्नुभयो, – ‘धेरै दिन सम्म लगातार पानि परेका कारण गहुँ भित्राउन समस्या भएको थियो, अव बर्षा रोकिएर घाम लाग्न थाले पछि हामि सबै गहुँ भित्राउनमा लागेका छौं ।’

कोरोना सँक्रमणको रोकथामका लागि सरकारी स्तरबाट गरिएको लकडाउनाको असर ग्रामीण क्षेत्रमा पनि परेको छ । किसानहरुले लडकाउनको पालनका साथै दैनिक कामकाजलाइ समेत निरन्तरता दिनु पर्ने बाध्यता छ । यस अघिका बर्षहरु जस्तो अन्नबाली भित्राउने बेलामा गाउँघरमा देखिन रौनक यस बर्ष देखिएको छैन ।

सबै कृषकहरु आ–आफ्नै काममा ब्यस्त देखिन्छन् । दैनिक भेटघाट र भलाकुसारी गर्ने काम रोकिएको छ । डोटीको शिखर नगरपालिका–१ कफल्लेकीका कृषक हरि नेपालीका अनुसार गाउँघर तिर स्थानीयहरु बिहान बेलुका चिया पसलमा झुम्मिएर गफ गर्ने काम रोकिएको छ । कृषक नेपालीले भन्नुभयो, ‘लकडाउनले किसानलाइ आ–आफ्नै काममा ब्यस्त हुन सिकाए जस्तो छ ।’
गर्मि ठाउँमा गहुँ भित्राउने काम सकिएको भए पनि लेकाली भेगमा गहुँ भित्राउन भर्खरै शुरु गरिएको छ । यस क्षेत्रका लेकाली भेगमा बैशाख तेस्रो हप्ता देखि जेठको दोस्रो हप्ता सम्ममा गहुँ भित्राउने काम गरिन्छ । गहुँ काटी सके पछि गहुँ काटेकै खेतमा धान रोप्नका लागि बिउ राख्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया