काठमाडौं, वैशाख २५ : कपिलबस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमित कपिलबस्तु ८ निवासी १६ र २२ वर्षकाे पुरूष भएकाे र उनीहरूकाे अबस्था समान्य रहेकेा र उनीहरूलार्इ अस्पताल ल्याउने तयारी भएकाे जनाइएकाे छ ।
यो सँगै केरोना संक्रमण पुष्टि हुनेको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञाप्तिमार्फत जानकारी गराएको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।






