एयर चाइना र साउदर्न एयर ३४६ नागरिक बोकेर फर्किए

  बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिनुभयो । यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्न ग्वाङ्जाओका लागि उडान भरेको उहाँले बताउनुभयो ।

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

बेइजिङबाट फर्कियो नेपाल एयरलाइन्स
अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौँ फर्किएको छ ।

स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो ।

त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए ।

तपाईको प्रतिक्रिया