चन्द्रागिरिमा स्थानीयले लाठी हानेर मारे चितुवा

  बैशाख २५, २०७७

काठमाडौं, वैशाख २४ : चन्द्रागिरी नगरपालिका-६ बाला गाउँमा स्थानीयले लाठीले हानेर चितुवा मारेका छन् । बुधबार बिहान ६ बजे चितुवा गाउँ पसेर ३ जनलााई आक्रमण गरेको थियो ।

त्यसपछि भीडभाड भएपछि जंगल पसेको चितुवा फरि केही घन्टापछि बस्तीमा आएको थियो । त्यसक्रममा चितुवाले ४ जनालाई चिथोरेर घाइते बनाएको थियो । त्यही क्रममा जम्मा भएको भीडले लाठी र भाला हानेर चितुवालाई मारेका हुन् ।

स्थानीयले मारेको चितुवा प्रहरीले सव डिभिजन वन कार्यालय थानकोटलाई जिम्मा लगाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्‍याम श्रेष्ठले भने, ‘चितुवाले स्थानीयलाई आक्रमण गरेपछि प्रतिकार गर्दा मारिएको हो । त्यसपछि मारिएको चितुवालाई हामीले डिभिजन वन कार्यालय थानकोटलाई जिम्मा लगायौं ।’

केही दिनअघि कीर्तिपुरको बस्तीमा ४ वटा चितुवा आएको थियो । ती चितुवा पुनः जंगल पसेपनि स्थानीयवासी भने त्रसित छन् ।

तपाईको प्रतिक्रिया