काठमाडौं, वैशाख २४ : नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको हो । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो ।
सचिवालय बैठकपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । दुई जनाको छलफलपछि भोलि (बिहीबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो । बैठकको अर्को मिति एक/दुई दिनमा छलफलपछि टुंगो लाग्ने भएको छ ।