काठमाडौँ, वैशाख २३ : प्रायः महिलाहरु पुरुषहरुलाई स्वार्थी भन्छन् । किनभने पुरुषहरु महिलाहरुलाई केवल यौन सम्पर्कका लागि मात्र नजिकिन्छन् भन्ने लाग्छ । यो कुरा सबै महिलामा लागू हुँदैन । तर विभिन्न सर्वेक्षणका अनुसार वैवाहिक सम्बन्ध अथवा लामो प्रेम सम्बन्धहरुमा एउटा त्यस्तो समय पनि आउँछ, जुन समयमा महिलाहरु आफुलाई यौन र यौन क्रियाकलापबाट आफुलाई अलग राख्छन् ।
त्यस्तो अवस्थामा आफ्नो यौन जीवनबाट असन्तुष्ट भएका कारण त्यस्तो भएको अनुभव गर्छन् । महिलाहरु आफ्नो यौन जीवनबाट असन्तुष्ट हुनुको विभिन्न कारण हुन्छन् ।
जसमा पहिलो कारण भनेको उनीहरु यौनका बारेका पहल गर्न र खुलेर आफ्नो इच्छा बताउन अफ्ठ्यारो मान्छन् । यहाँ त्यस्ता पाँच कारणहरुका बारेमा उल्लेख गरिंदैछ, जमा एउटा समयपछि महिलाहरु यौनसंग सुरक्षित दूरी बनाउँछन् ।
पहिलो कारण
भावनात्मक सम्बन्ध कमजोर हुनु – यौनबाट टाढा हुनुको पहिलो कारण हो भावनात्मक सम्बन्ध कमजोर हुनु । महिलाहरु यौनका लागि सबैभन्दा पहिला भावनात्मक सम्बन्धलाई महत्व दिन्छन् । उनीहरु त्यस्तो भावना कायम भैरहोस् भन्ने चाहन्छन् ।
यदि उनीहरुलाई सम्बन्धमा प्रेम, सम्मान र स्नेह प्राप्त भएको छैन भन्ने महसुस भयो भने उनी तिव्र रुपमा यौनबाट विमुख हुन्छन् । उनीहरु यौन क्रियाकलापमा पनि पूर्ण रुपमा आनन्द लिन सक्दैनन् । यदि यो स्थिति धेरै समयसम्म रहिरह्यो भने उनीहरु यौनप्रति पूर्ण रुपले अनिच्छुक हुन्छन् । उनीहरु कहिलेकाहिं आफ्नो पार्टनरको मन राख्नका लागि यौनसम्पर्क राखेता पनि यो गतिविधिमा अलिकति पनि रमाउन सक्दैनन् ।
दोस्रो कारण
महिलाहरु व्यस्त रहनु – महिलाहरुको व्यस्तताका कारण पनि उनीहरुमा यौन इच्छा कम हुन थाल्छ । हिजोआज महिलाहरुलाई समान अधिकार र स्वतन्त्रता दिने नाममा उनीहरुलाई पहिला भन्दा धेरै व्यस्त बनाइदिएको छ ।