नेपालगन्जका संक्रमित क्षेत्रमा सिल, केन्द्र र प्रदेशबाट विज्ञ आउँदै

  बैशाख २२, २०७७

नेपालगञ्ज, वैशाख २२ : नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल, डिएसपी रोडको एउटा टोल, एक्लैनि टोल र धम्बोझी तीन दिनअघिदेखि नै सिल गरेको छ ।

सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ । नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन । कोहलपुर नगरपालिकाले नेपालगन्ज सङ जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ हुदैछ ।

केन्द्र र प्रदेशबाट प्राबिधिक टोलि आउदैछ । पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ३५ जनाको आज परीक्षण हुँदैछ । हिजो ५५ जनाको परीक्षणमा १५ कोरोना संक्रमित पहिचान भएको हो । हिजो पुष्टि भएका संक्रमित वडा नम्बर ८ का हुन । १६ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया