नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

  बैशाख २१, २०७७

नेपालगन्ज, वैशाख २१ : तीन दिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो ।

उनको घर डीएसपी रोडका पर्छ । तर हरेक दिन महेन्द्रपार्क नजिकको अन्सारी मस्जिदमा आउजाउ गर्ने मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) थिए । साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र जमान पढ्न सिकाउँथे ।  उनमा काेरना संक्रमण देखिएपछि महेन्द्र पार्कस्थित मस्जिद तथा मदरसा वरिपरीका ८३ जनाको स्थानीय बासिन्दाको स्वाब संकलन गरिएको थियो ।

त्यसमध्ये आइतबार दिउँसाे ३० वटा स्वाब परीक्षणको रिर्पाेट आउँदा ९ जनामा काेराेना संक्रमण देखिएको थियो । आइतबार साझ थप ३० जनाकाे स्वाब परीक्षणको रिर्पाेट आउँदा थप ६ जनामा काेराेना संक्रमण देखिएको देखिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । याे संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरू रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । साथै उनीहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको उनले बताए।

हालसम्म कोरोना भाइरसको आशंकामा नमुना संकलन गरेर पीसीआर विधिबाट १३ हजार ४१४  वटा र आरडीटी विधिबाट ४९ हजार ६८८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ७५ जनामा काेराेना संक्रमण देखिएकाे छ जसमध्य १६ जना उपचारपछि घर फर्केका छन् । राैतहटका एक जनालाइ फेरि आइसोलेसनमा राखिएकाे छ ।

आज सातै प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ७७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकमा चार जना र उपत्य।कका बाहिर ७३ रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया