काठमाडौं, वैशाख २० : राष्ट्र संघले कोभिड–१९ को महामारीका बीच अग्रपंक्तिमा खटिने पाँचजना महिलालाई सूचीकृत गरेको छ । यसै क्रममा संयुक्त राष्ट्र संघले सूचीकृत गरेको महिलाको सूचीमा पर्नुहुने व्यक्तित्व हुनुहुन्छ, डा.रुना झा । जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्रमुख प्याथोलोजिस्ट समेत रहनुभएका उहाँ उक्त प्रयोगशालाका निर्देशक समेत हुनुहुन्छ ।
जनस्वास्थ्य प्रयोगशाला, टेकु नेपालमा सरकारी स्तरको एक मात्र आधिकारिक प्रयोगशाला हो । डा. रुना झा सम्मिलित टोलीले दैनिकरुपमा ७० वटा कोभिड–१९ संक्रमणको परीक्षण गर्दै आएको छ । देशका विभिन्न भागबाट जुनसुकै बेला आउने नमूना परीक्षणका लागि घडीको सुईले दिने समयको अनिश्चितताका बावजूद उहाँ परीक्षण र परिचालनमा संलग्न हुनुहुन्छ ।
“अबेरसम्म ल्याबमा बस्नु सामान्य भएको छ ।” उहाँ थप्नुहुन्छ – प्राविधिक कार्य अतिरिक्त मैले मेरो टोलीका सदस्यहरुको परिचालन, खाना र यातायातको व्यवस्था समेत हेर्नुपरेको छ । आफ्नो टोलीको निगरानी र हेरचाह गर्नु डा. रुणा झाका लागि प्राथमिक विषय हो । यो जम्मै फेब्रुअरी महिनाको बीचबाट सुरु भएको हो । चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्काइदा आवासीय सुविधासहितको क्वारेन्टाइनमा प्रवेश गर्ने उहाँको टोली पहिलो हो ।
“मेरो टोलीले नमूना संकलन गर्न कुनै हिच्किचाहट देखाएन, सबैजना तयार अवस्थामा थिए,” उहाँले समूहगत् कार्यबारे प्रष्ट्याउनुहुन्छ । रातभरि काम गरेर १७५ जनाको नमूना संकलन गरेको उहाँ बताउनुहुन्छ ।
महामारी सुरु भएको महिनौ बितेको छ । डा. झासहितको टोलीले आफ्नो अधिकत्तम योगदानलाई निरन्तरता दिनुभएको छ । कार्यरत स्वास्थ्य अधिकारीको नैतिकता र आत्मबललाई उच्च राख्नु महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ । “हाम्रो लागि यो अत्यन्तै कठीन समय हो, मैले सबैलाई उच्च आत्मबल बनाउन प्रयासरत हुन्छु । मैले भनेको हुन्छ, तपाईहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ।”
कामको माग डा. झाका लागि समेत चुनौतीपूर्ण छ । संक्रमण फैल्न सक्ने जोखिमले उहाँ आफ्नो छोरी र श्रीमानसँग छुट्टिएर एक्लै बस्नुभएको छ । सातामा तीनपटक हेरचाह गर्न जाने आफ्नो बुवाआमालाई समेत हाल उहाँ भेटन सक्नुहुन्न । “मैले मेरो छोरीलाई अँगाल्न र बुवाआमा हेरचाह गर्ने इच्छा छ तर उहाँहरुसँगै सर्वसाधारणलाई सुरक्षित राख्न त्याग गुर्न आवश्यक छ ।”– आफ्नो बाध्यताबारे उहाँ तर्क गर्नुहुन्छ ।
कोभिड–१९ को संकटका बीच महिला र केटीहरुको जनजिवनमा विश्वभरि नै बदलाब हुँदैछ । कतिपयको काम र आफ्नो व्यक्तिगत् जीवन भने ठप्प छ, अधिकांशमा तनाब र नयाँ चुनौति थपिएका छन् । यद्दपी कोभिड–१९ विरुद्ध लड्न विश्वका दशौं लाख महिला सामुने आएर अनिवार्य शक्तिको रुपमा परिचालित छन् ।
विश्वब्यापी रुपमा स्वास्थ्य र सामाजिक सेवा क्षेत्रमा महिला श्रमिकको संख्या अत्याधिक छन् । कृषि क्षेत्रमा प्रत्येक तीन जना महिलामा एकजना कार्यरत छन् । घरेलु काममा भने श्रम वापत् कुनै भुक्तानी नै नलिई पुरुषको भन्दा तीन गुणाबढी काम गर्छन् । खेतीपातीदेखि पहिलो प्रतिक्रिया जनाउने सेवा क्षेत्रसम्म र कोभिड–१९ रुपी महामारीको बेला महिलाले आफ्नो समुदायलाई सुरक्षित र सहज बनाउन भारी संख्यामा परिचालित छन् ।