प्रदेश प्रमुखद्वारा शुभकामना

  बैशाख १९, २०७७

जनकपुरधाम, वैशाख १९ : प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले १३१औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिँदै दुई वर्षअगाडि नेपाल सरकारले जारी गरेको योगदानमा आधारित समाजिक सुरक्षा ऐन र श्रम ऐन मजदुर आन्दोलनको उपलब्धिका रूपमा लिन सकिने बताउनुभएको छ ।

लामो सङ्घर्षको परिणामस्वरुप मजदुरहरुको मर्यादित जीवन र सुरक्षित भविष्यका लागि श्रम शोषण रोकिनुपर्ने मुद्दालाई आत्मसात गर्दै ती ऐन जारी भएको प्रदेश प्रमुखको सचिवालयद्वारा आज जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

उहाँले विज्ञप्तिमा सम्पूर्ण उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिक सूचीकरणलाई कडाइका साथ अघि बढाउँदै सरकारले निर्धारण गरेको मजदुरहरुको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयन गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ ।

संविधानले निर्दिष्ट गरेको मौलिक हकको सुनिश्चितताका लागि पछिल्लो समयमा नेपाल सरकारद्वारा जारी गरिएको श्रमिक पक्षीय ऐन, कानून, नियमावली, विनियमावली र निर्देशिका कार्यविधिलाई कडाइपूर्वक लागू गर्न प्रदेश प्रमुख परियारले आग्रह गर्नुभएको छ ।

कोरोना महामारीका कारण आधारभूत जीवनयापनका लागि सङ्घर्ष गरिरहेको मजदुर वर्गलाई बढी असर परिरहेको विज्ञप्तिमा उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस अवस्थामा नेपाल सरकारले मजदुरको कामको सुरक्षा र आत्मसम्मानको प्रत्याभूति दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने विषयमा आपूm विश्वस्त रहेको छु ।”

मानिसको जीवनरक्षा पहिलो र अनिवार्य शर्त हो भन्नुहुँदै उहाँले यस सङकटपूर्ण घडीमा धैर्य र संयमताका साथ रहन मजदुर वर्गलगायत सबैमा आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया