आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र सरकारको प्रक्षेपण

  बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : कोरोना महामारीसंगै र बन्दाबन्दीका कारण नेपालको अर्थतन्त्रमा ठूलो मन्दि आउने अनुमानका बीच सामन्य वृद्धि भने हासिल हुने प्रक्षेपण सार्वजनिक भएको छ ।

नेपालको कुल ग्रार्हस्थ उत्पादन वृद्धिदर २.२७ प्रतिशतमा सिमित हुने भएको केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो आर्थिक अध्ययन प्रतिवेदनले देखाएको हो ।

भूकम्प र नाकाबन्दीका समयमा ०.२ प्रतिशतमा सिमित रहेकामा बन्दाबन्दीका कारण त्यति ठूलो असर भने नपर्ने देखिएको हो । आर्थिक वर्ष २०७२-७३मा कुल ग्राहस्थ उत्पादन वृदिदर ०.२ प्रतिशत थियो ।

विभागले कोरोना महामारी नियन्त्रणका लागि भए गरेका अन्तरिक र वाह्य प्रयासहरुको असरले वृद्धिदर केहि सुस्ताउने औल्याएको हो । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ६.७ प्रतिशत थियो । विभागले यो अनुमान अन्तरराष्ट्रिय यातायात, होटल रेष्टुँराजस्ता क्षेत्र असारमसान्तसम्मै अत्यधिक प्रभावित हुने र अन्य क्षेत्रहरु जेठवाट क्रमिक रुपमा नियमित हुनसक्ने अपेक्षाका आधारमा तयार गरेको हो । यो वर्षको कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्व ९ अर्व रहेको उल्लेख छ ।

रेमिट्यान्स आप्रवाह पनि ७ खर्व १६ अर्व रुपियाँमा सिमित रहने अनुमान छ । जुन कुल ग्राहस्थ उत्पादनको १९.०१ हुनेछ । गत आर्थिक वर्षमा विप्रेशण ८ खर्व ३८ अर्व रुपियाँ नेपाल भित्रिएको थियो. । कुल ग्राहस्थ उत्पादनलाई प्रमूख रुपमा प्रभावित गर्नेमा कृषि, बन मत्य र खानी उत्खननलाई समेटिएको प्राथमिक क्षेत्रको मुल्य अभिवृद्धि पनि २.५४मा सिमित हुनेछ ।

तपाईको प्रतिक्रिया