हुलमुलमा नजाऔं, हावामा पनि कोरोना भाईरसको अंश भेटियो

  बैशाख १६, २०७७

चीन, वैशाख १६ : चीनका वैज्ञानिकहरुले कोरोना अति प्रभावित स्थानका हावामा पनि कोरोना भाईरसका अनुवांशिक तत्व फेला परेको खुलासा गरेका छन । चीनको वुहान विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका हुन ।

यद्यपी यसबाट संक्रमण फैलने वा नफैलने भन्ने बारेमा यकिन हुन बाँकी नै छ । अध्ययनका लागि वैज्ञानिकहरुले फेब्रुअरी र मार्च महिनामा ३१ स्थानबाट ४० वटा नमुना संकलन गरेका थिए ।

वैज्ञानिकहरुले मानिसहरुको आवागमन बढी हुने अस्पताल नजिकको हावाको नमुना पनि लिएका थिए । यो अध्ययनबाट भेंटिलेसन भएको स्थानको हावामा थोरै र भेंटिलेसन नभएका स्थानको हावामा कोरोना भाईरसको अनुवांशिक तत्व धेरै रहेको अनुशन्धानबाट पत्ता लागेको छ ।

अनुशन्धानबाट मानवीय भिडभाड भएको स्थान र अस्पताल बाहिरको क्षेत्रको हावामा कोरोना भाईरसको अंश अधिक भेटिएको पत्ता लागेको छ । खासगरि चिकित्सकहले पीपीईलगायतका आफ्ना ब्यक्तिगत सुरक्षा सामाग्री खोल्ने स्थानका हावामा पनि कोरोना भाईरसको अंश बढी भेटिएको छ । यसबाट कपडा खोल्दा कोरोना भाईरस हावामा फैलन्छ भन्ने तर्क पुष्टि भएको वैज्ञानिक अध्ययनबाट देखिएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया