थानकोटमा रोकिएकाहरुलाई विराटनगर नै फर्काउने निर्णय

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो । उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।’

विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको थियो । त्यसमा अलपत्र गरेर काठमाडौं जान चाहने १६० जनालाई पनि पठाइएको थियो । तर प्रहरीले थानकोटमै रोकेको छ । विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएको अनलाइन खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया