दमकमा संक्रमित सम्पर्कको खोजी सुरु, छोराबाट बाबुमा सरेको आशंका

  बैशाख १३, २०७७

झापा, वैशाख १३ : झापाको दमक नपा ३ मा ६२ बर्षिय एक पुरुषमा शुक्रबार कारोना संक्रमण प्रमाणित भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम अघि बढाइएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीका अनुसार दमक ३ दापगाछी मा संक्रमण देखापरेका बृद्धको घर आसपासका करिव १ सय मिटर भित्रका सर्बसाधारणलाई बिबरण लिने काम आघि बढाइएको छ । दमक नपाले शुक्रबार नै दमक ३ नम्बर वडालाई पुरै शिल गरेर आवतजावत बन्द गरेको छ । १ मिटर आसपासमा संक्रमितको सम्पर्कमा आएका लगभग तीन सय जनामाथि कडा निगरानी बढाइएको छ ।

बृद्धलाई कोरोना संक्रमण उनका ३४ बर्षिय छोराबाट सरेको आंशका गरी उनीहरुको सम्पुर्ण बिबरण संकलन गर्न थालिएको जनाइएको छ । ३४ दिन अघि बैदेशिक रोजगार अन्र्तगत संयुक्त अरव इमिरेटस् (युएइ) दुवईबाट फर्किएका थिए । दमक नपाले बैदेशिक रोजगारबाट आएका सबैको बिबरण खोजी गर्ने क्रममा ३४ बर्षिय युवामा कारोना संक्रमणको परीक्षण गर्दा आरडिटी पोजेटिभ देखिएको थियो ।

युवामा संक्रमण पोजेटिभ देखिएपछि सम्भावित जोखिम रहेको भन्दै परिवारका सबैको परीक्षण गरिएको थियो । घरमा बुबा, आमा, श्रीमती र ति युवा सहित चार जना रहेको परिवारमा श्रीमतीमा भने आरडिटी नेगेटिभ देखिएको थियो । बिहीबार अपरान्ह्र गरिएको परीक्षण पोजेटिभ देखिएपछि सबैको स्वाव संकलन गरि पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षणका लागि शुक्रबार बिहानै सुसरीको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

संक्रमण देखिएका तीनै जनालाई दमक अस्पतालको आइसोलेशनमा राखेर उपचार अघि बढाइएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । ति युवा गत फागुन ४ गते नेपाल एयरलायन्सको जहाजमा नेपाल आएका थिए । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आएका उनी काठण्डौबाट बसमा झापा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी बिजयराज पिण्डतले जानकारी दिनुभयो । बैदेशिक रोजगारबाट फर्केका सबै जनाको आरडिटी परीक्षण गर्ने क्रममा ति युवाको समेत परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ देखिएपनि परिवार सबैको परीक्षण अघि बढाइएको थियो । परीक्षणको क्रममा परिवारका तीन जनामा पोजेटिभ देखिएको छ ।

उनीहरुको स्वावको नतिजा समेत शुक्रबार अपरान्ह्र बाबुमा संक्रमण पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएमा उनको ट्राभल्स स्टोरी खोजी अघि बढाइएको छ । यस अघि शंका लागेर उनीहरुको एकै परिवारमा तीन जनामा कोरोना संक्रमणको आरडिटी (-यापिड डाइनोष्टिक टेष्ट) पोजेटिभ रहेको पाइएको थियो ।

संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदी सासु दमक स्थित उनको घरमा जुठो बारेर बसेका थिए । यही घरमा बुधबार सुद्धाइँको काम सकिएको जनाइएको छ । यो बीचमा धेरै आफन्त र नातागोतासँग सम्पर्क भएको जनाइएको छ ।

यस सुद्धाईको काममा इटहरीको हाँसपोसाबाट एक आफन्त यही घरमा आएर किरियामा बसेकी थिइन् । काममा बस्ने क्रममा उनको घरमा दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४-४ जनासहित ४० जना भन्दा बढी आफन्त आएका थिए । प्रत्येक बैदेशिक रोजगारबाट आएका मानिस होम कोरोनटाइनमा नबसेका कारण यस्तो समस्या आएको स्थानीयको गुनासो छ । यसले गर्दा दमक क्षेत्रमा त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया