बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

  बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

कांग्रेस लगायतका विपक्षी दलहहरुले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए ।

ओली र देउवाबीच सुरु भएको छलफलमा अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेताहरुबीच अध्यादेश तथा कोभिड १९ रोकथामका विषयमा सरकारले चालेका कदमबारे छलफल भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ । सरकारको सिफारिसमा आजै राष्ट्रपतिले दुवै अध्यादेश खारे गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया