नालामा डुबेर तीन बालकको मृत्यु, सिंगो गाउँ नै शोकमा

  बैशाख १२, २०७७

नेपालगञ्ज, वैशाख १२ : नालामा पौडी खेल्न गएको बेला बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर २ पितमारीका ३ जना बालकको डुबेर मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिका २ पितमारीमा तिन जना बालकको नालामा शव भेटिएपछि उनिहरु पौडी खेल्न गएको बेला डुबेर मृत्यु भएको हो । नालामा पौडी खेल्न गएका तिनै जना बालक डुबेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

नालामा डुबेर मृत्यु हुनेमा बैजानाथ गाँउपालिका २ पितमारीका बालकहरु १२ वर्षका नरेश कुँवर, १२ वर्षकै नबिन परियार र ११ वर्षका अनित रावत रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले पौडी खेल्न गएको बेला एउटै गाउँका तीन जना बालकको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको बताउनु भयो । उहाँले प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाउँदै अनुसन्धानको प्रारम्भिक चरणमा पौडी खेल्न गएको बेला गहिरो ठाउँमा पुगेर तीनै जना बालकको मृत्यु भएको देखिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया