काठमाडौंमा अलपत्र परेका कञ्चनपुरबासीका लागि कृष्णपुर नगरपालिकाले पाँचवटा बस पठायो

  बैशाख ११, २०७७

कञ्चनपुर, वैशाख ११ : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाई घर फर्किन यातायातको व्यवस्था गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै आजै काठमाडौंका लागि पाँचवटा बस पठाएको जनाएको छ ।

कृष्णपुर नगरपालिकालगायत कञ्चनपुर जिल्लामा स्थायी बसोबास गर्ने सर्वसाधारणका लागि उक्त सवारीसाधन पठाइएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । काठमाडौंमा विभिन्न पेशा, व्यवसायका साथै अध्ययनका लागि गएका सर्वसाधारणलाई सम्पर्क गर्न सूचनामा उल्लेख छ ।

लकडाउनका कारण काठमाडौंमा असहज अवस्थामा रहेका कञ्चनपुरबासीलाई उद्दार गर्नका लागि कृष्णपुर नगरपालिकाले पाँचवटा बस पठाएको जनाएको छ । कञ्चनपुर आउन इच्छुकले मोबाइल नं ९८५११०९३८५ मा सम्पर्क गर्न नगरपालिकाले अनुरोधसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया