काठमाडौं, वैशाख ११ : कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।
साँझ संक्रमण पुष्टि भएको व्यक्ति २६ वर्षीया पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो । ती युवक भाेजपुरका भएकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.बिकास साहले बाताउनुभयाे ।
यसअघि आजै जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा पनि कोरोना संक्तमण देखिएको थियो । त्यस्तै आजै संक्रमितमध्ये ३ जना निको भएर घर फर्किएका छन् । बिहीबार साँझसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १० पुगेको छ ।






