पार्टी फुटाउन आफ्नो सांसद अपहरण गरिएको समाजवादीको आरोप

  बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : समाजवादी पार्टीले आफ्नो सांसद अपहरणमा परेको दावी गरेको छ । पूर्व राज्यमन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र यादवलाई पार्टी फुटाउने प्रयोजनका लागि सरकारले अपहरण गराएको समाजवादीले आरोप लगाएको छ । फुटाउने प्रयोजनका लागि यादवलाई काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादीले लगाएको छ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आज साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगिएको बताए।

तपाईको प्रतिक्रिया