काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

  बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि मङ्गलबार बसेको काँग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया