अछामका एक जनामा एन्टिबडी पोजेटिभ

  बैशाख १०, २०७७

अछाम, वैशाख १० : कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा आरडिटी परीक्षणका क्रममा अछाममा एकजनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा स्वास्थ्य कार्यालयको आरडिटी परीक्षणका क्रममा एक जना १९ वर्षीय व्यक्तिमा पोजेटिभ रिपोर्ट आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वसन्तबहादुर रावलले जानकारी दिनुभयो ।

पोजेटिभ रिपोर्टपछि युवालाई थप परीक्षणका लागि वयालपाटा अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । ती युवकको स्वाब संकलन गरेर पिसिआर विधिमा परीक्षणका लागि पठाइएने बताइएको छ ।

डडेल्धुराबाट आएको भनेएपनि काठमाण्डौबाट आएका ती व्यक्ति पाँच दिनदेखि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेको बताइएको छ । गाउँपालिकाका अन्य ७० जनाको एन्टिबडी परीक्षण भने नेगेटिभ आएको छ ।

अछामका स्थानीय तहमा जिल्ला बाहिरबाट आएका शंकास्पद व्यक्तिमा आरडिटी परीक्षण भइरहेको छ । यसअघि जिल्लामा चार स्थानीय र जिल्ला अस्पतालमा एकसय २० भन्दा बढीको आरडिटी परीक्षण भइसकेको छ । जिल्लामा स्वाब संकलन गरेर पिसिआर र आरडिटीबाट परीक्षण भइरहेको छ ।

तपाईको प्रतिक्रिया