प्रधानमन्त्री ओली र साइप्रशका राष्ट्रपतिबीच टेलिफोन संवाद

  बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गर्नुभएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राख्नुभएको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

भारत र चीनलाई धन्यवाद
यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गरी आभार व्यक्त गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया