भारतद्वारा २३ टन औषधि सहयोग

  बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार हस्तान्तरण गरिएका औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज छन् ।

यसले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउने राजदूतावासले जनाएको छ । भारतको सहयोगलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत भारतका समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया