सुदूरपश्चिममा साढे ८ हजार परीक्षण, ९९ डिस्चार्ज, ६ जना आइसोलेसनमा

  बैशाख १०, २०७७

धनगढी, वैशाख १० : सुदूरपश्चिमका अस्पतालवाट दुई जना कोरोना संक्रमितसहित ९९ जना विरामी डिस्चार्ज भएका छन् । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रकाअनुसार सेती प्रादेशिक अस्पतालवाट दुई जना कोरोना संक्रमित र बाँकी ९७ जना शंकास्पद बिरामी विभिन्न जिल्लामा रहेका आइसोलेसनवाट डिस्चार्ज भएका हुन् ।

केन्द्रले जारी गरेको सूचनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालवाट संक्रमित दुईजनासहित ३८ जना शंकास्पद बिरामी, १३ जना डडेल्धुरा अस्पतालवाट, अछामको बयलपाटा र जिल्ला अस्पतालबाट १०÷१०, कञ्चनपुरको महाकाली र डोटी अस्पतालवाट ६÷६, बैतडी अस्पतालवाट ४, कैलालीको भजनी अस्पतालवाट तीन, चौमला स्वास्थ्य चौकीवाट २, टीकापुर अस्पतालवाट एक जनाको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि डिस्चार्ज गरिएको जनाएको छ ।

यस्तै दार्चुलाको गोकुलेश्वर अस्पताल, बाजुरा जिल्ला अस्पताल तथा कोल्टी स्वास्थ्य चौकी र बझाङ जिल्ला अस्पतालवाट एक÷एक जना शंकास्पदलाई डिस्चार्ज गरिएको छ । केन्द्रकाअनुसार अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा तीनजना संक्रमितसहित चार जना तथा बाजुरा र चौमलामा एक÷एक जना शंकास्पद बिरामीको आइसोलेसनमा उपचार भईरहेको छ ।

प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पताल घोषणा गरेको सेती प्रादेशिक अस्पतालमा कोरोनाका जटिल बिरामीको उपचारकालागि बिगतमा सञ्चालनमा रहेको समेत १० बेडको आइसियू तथा कञ्चनपुरको महाकाली अस्पतालमा दुईवटा भेन्टिलेटरसहित चार बेडको आइसियू रहेको केन्द्रले जनाएको छ । सेती अस्पतालकै मातहतमा सञ्चालन हुने गरी अहिले धनगढीमा ५० शैयाको आईसोलेसन भवन पनि निर्माण भईरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आजसम्म ८ हजार ६ सय बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार मंगलवार एकै दिन एक हजार दुई सय ३० जनाको पीसीआर र यापिड टेष्ट बिधी मार्फत कोरोना परीक्षण गरिएको छ । जसमध्ये एकसय जनाको पीसीआर प्रविधिबाट र बाँकी एक हजार एक सय ३० जनाको ¥यापिड टेस्ट गरिएको हो । पीसीआर प्रविधिबाट गरिएका परीक्षणमा कसैमा पनि कोरोना नदेखिएको केन्द्रले जनाएको छ ।

कोरोना संक्रमित कञ्चनपुरका पुरुषको रिपोर्ट पनि निगेटिभ
सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुका एक पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो । उहाँको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो । अर्को परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ देखाए अस्पतालबाट डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ । उहाँहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया