-यापिड टेस्टमा केन्द्रिय कारागारका दुई नर्समा पोजेटिभ पाइयो, पीसीआर रिपोर्ट आउन बाँकी

  बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएकाे परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

–र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक शागरकुमार राजभण्डारीले बताउनुभयो ।

दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ र उहाँहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ । सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो ।

‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको हो ।

तपाईको प्रतिक्रिया