उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

  बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ ।

मंगलबार थप एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया