लकडाउनले श्रीमतीहरुलाई तनाव, छिटो लकडाउन खोल्न सरकारलाई आग्रह

  बैशाख ०९, २०७७

काठमाडौ, वैशाख ९ : अफ्रिकी मुलुकहरुमा पुरुषहरुले अत्याधिक यौन चाहना राख्दा त्यहाँका महिलाहरु चिन्तामा परेका छन् । रातदिन आफ्ना पतिले बारम्बार गरिरहेको यस हर्कतले दुःख पाइरहेकी एउटी महिलाको पिडा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा उल्लेख गरिएअनुसार लकडाउनका कारण बेरोजगार भएका उनका श्रीमान घरमा बारम्बार यौन सम्बन्ध राख्न खोजिरहेका हुन्छन् । यो घटना अफ्रिकी देश घानाको हो । यहाँ आफ्ना श्रीमानका कारण तनाबमा आएकी एक महिलाले एउटा भिडियो बनाएर सरकारको अगाडि आफ्नो पीडा व्यक्त गरिन् ।

उक्त महिलाले घानाका राष्ट्रपति नाना अकुफो एडोजलाई लकडाउन समाप्त गर्नका लागि अपील गरेकी छिन् । यो भिडियो विभिन्न युट्यब च्यानलमा अपलोड गरिएको छ । जसमा महिलाले लकडाउन समाप्त गर्न सरकारलाई अपील गरिरहेकी छिन । घानाका स्थानीय मिडियामा यो भिडियोलाई उद्धृत गर्दै समाचार प्रकाशित हुँदैछन् ।

आफ्ना श्रीमानबाट भइरहेको यस व्यवहारबाट हैरान भएकी ति महिला तत्काल उनी काममा गएको हेर्न चाहान्छिन् । यसकारण उनले सरकारसँग लकडाउन समाप्त पुर्ण रुपमा नभए पनि सबै कार्यालय खोल्न अपिल गरेकी छन । ताकि उनका श्रीमान् काममा जान सकून् र उनले त्यस्तो समस्याहरूको सामना गर्नु नपरोस् ।

घानाको स्थानीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार धेरै महिलाले आफ्नो पतिको बारेमा यस्तो खालको खुलासा गरिरहेका छन् । पतिले पटकपटक गरिरहेको यौन सम्बन्धको मागबाट उनीहरु आजित भएका छन् । महिलाहरु भन्छन्, ‘धेरै यौनसम्पर्क गर्नाले हाम्रो स्वास्थ्यलाई असर गरिरहेको छ । तर श्रीमानको माग घटिरहेको छैन ।’

ट्विटर सहित अन्य सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको एक भिडियोमा महिलाले भनिरहेकी छिन्, ‘मेरो निन्द्रा खुलेको हुँदै मेरा पति यौनसम्बन्ध राख्न तयार भएर बसेका हुन्छन् । पहिले उसलाई सन्तुष्ट पार्छु, र भान्सामा गएर खाना पकाउछु । उसले खाना खान्छ, त्यसपछि टिभी हेर्छ अनी फेरि यौन सम्पर्कको माग गर्दछ । त्यसपछि खाली यौनसम्पर्क । फेरि यौनसम्पर्क ।

अर्को पटक पनि यौ नसम्पर्क । के महिलाहरू लकडाउनमा यौनसम्पर्कका लागि बसिरहेका छन् ? कि हामी वास्तवमा कोरोनाभाइरसको डरमा बन्द भएका छौं, हामी आफ्नो स्वास्थ्यको हेरचाह गर्न लकडाउनका छौं, सही र मेरो श्रीमान्‌ले धेरै यौन सम्बन्ध राख्नु भएको छ । म सरकारबाट मद्दत चाहन्छु ।’

हामी तपाईंलाई बताउन चाहन्छौ कि घानामा हालसम्म ८३४ भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । जबकि ९ जनाको मृत्यु पनि भैसकेको छ । यहाँको सरकारले सुरक्षालाई ध्यानमा राख्दै अप्रिलको पहिलो हप्तामा लकडाउनको घोषणा गर्यो । स्थानीय सञ्चारमाध्यमहरुले उक्त महिलाको भाइरल भिडियोको उद्धृत गर्दै यो समाचार प्रकाशित गरेका छन् । अहिले विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले पनि यस्लाई स्थान दिएका छन् । लकडाउनमा एक महिला आफ्नो पतिको अत्यधिक यौ न इच्छाबाट हैरान छिन् ।

पतिको ह र्कतबाट ति महिलाले भनिन्,‘म मेरा पतिको अनौंठो व्यवहारबाट चिन्तित छु । ’ जानकारी अनुसार ति महिला आफुले काम गर्ने कार्यालयमा घरबाट भागिन् । त्यहाँबाट नै उनले यो भिडियो बनाएर पोस्ट गरिन् । हामी आशा गर्छौ कि उनको समस्यालाई सम्बन्धित पक्षले गम्भीरताका साथ लिएर केही कदम चाल्नेछ ।

यौ नसम्पर्कका लागि एकजना मात्रै तयार भएर हुँदैन यो २ जनाको सहमतिमा हुने कुरा हो । यसरी महिलामाथि जबरजस्ती भइरहेको दबाबका लागि प्रशासनले तत्काल कारबाही अगाडी बढाउनुपर्ने सामाजिक सञ्जालमा प्रतिकृयाहरु आइरहेका नेपालयन खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया