आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ

  बैशाख ०८, २०७७

कोहलपुर, वैशाख ८ : शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो । बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया