डिआइजीमा बढुवा भएका १० जनालाई दर्ज्यानी चिह्न प्रदान

  बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका १० जनालाई दर्ज्यानी चिन्ह प्र्दान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आइजीपी ज्ञवालीले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबुकार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाइ दर्ज्यानी प्रदान गरेका हुन् ।

१० एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
उनीहरु चैत २८ गते डीआइजीमा बढुवा सिफारिस भएका थिए। सिफारिस भएका सबैलाई गृहमन्त्री रामबहादुर थापाले आइतबार मन्त्रिस्तरीय निर्णयबाट बढुवा गरेका थिए ।

दर्ज्यानी पाए पनि गृहले पदस्थापना गरेको छैन । उनीहरुको सोमबार बेलुकासम्म जिम्मेवारी तोकिने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया