निको भएकामा कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई

  बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गर्नुभएको हो ।

उहाँले उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिनुभएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवकराज विक आइतबार साँझ घर फर्कनुभएको थियो । यसअघि काठमाडौँमा दुई र बाग्लुङमा एक कोरोना सङ्क्रमित उपचारपछि घर फर्कनुभएको छ । हालसम्म नेपालमा ३१ जना सङ्क्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया