सेती प्रादेशिक अस्पतालमा उचाररत युवा डिस्चार्ज

  बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनुभएकाे छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबारे सजग बनाउने बताउनुभयाे । दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना नरहेको देखिएको थियाे । 

उहाँ चैत ११ गते मुम्बइबाट कैलाली आउनु भएकाे थियाे । त्यसपछि उहाँ सहित ४१ जनालाई लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे थियाे । परीक्षणका क्रममा ४१ जना मध्ये उहाँमा काेराेना संक्रमण देखिएकाे थियाे । 

तपाईको प्रतिक्रिया