सुरक्षाकर्मी दुरुपयोग भएको छैन : सशस्त्र

  बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : सशस्त्र प्रहरी मुख्यालयले संगठनका पूर्व अधिकारीलाई सुरक्षाा प्रदानमा दुरुपयोग नभएको बताएको छ । सरकारले बनाएका नियमकानुन अनुसार नै पूर्व डीआइजीदेखि पूर्व आइजीपीसम्मलाई सुरक्षा व्यवस्थापन गरिएको तर त्यसमा कुनै दुरुपयोग नभएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी प्रविणकुमार श्रेष्ठले बताए ।

दुरुपयोग भन्ने समाचारमा जस्तो नभई अहिले प्रदान गरिएको सुरक्षा नयाँ कार्यविधि बनाएर व्यवस्थित गर्न लागिएको उनले बताए । सशस्त्र प्रहरीका पूर्व आइजीपीहरु कृष्णमोहन श्रेष्ठ र सहवीर थापाको निधन भइसकेको छ । वासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ, कृष्णकुमार लामा, कोषराज वन्त, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठले बढीमा ५ जना सुक्षाकर्मी लिएको सशस्त्रले जनाएको छ ।

प्रवक्ता श्रेष्ठले पूर्व आईजीपीहरुलाई ५ जनासम्म सुरक्षाकर्मी खटाइएको बताए । त्यसमध्ये पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठको सुरक्षामा ३ जना मात्रै खटाइएको उनले बताए । संस्थापक आइजीपी कृष्णमोहन श्रेष्ठको घरमा एकजना सुरक्षाकर्मी खटिएको र उनकी छोरीलाई धम्की आएपछि सुरक्षा थ्रेट एनालाइसिस गरेर एकजना खटाइएको सशस्त्रले जनाएको छ ।

पूर्व एआइजीहरुको हकमा सुरक्षा संवेदनशीलता हेरेर २ जना सम्म खटाइदै आएको र कतिपयमा त्यो पनि नभएको उनले बताए । विरामी, अशक्त र नियमित औषधि सेवन गर्ने तथा सुरक्षा थ्रेट भएका डिआइजीहरुलाई १ जनासम्म खटाइएको उनको दावी छ । केही महिनाअघि मात्रै सशस्त्रका १ जना पूर्व एआइजी र डिआइजीले आफूहरुलाई अंगरक्षक उपलब्ध गराउन माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए ।

निवेदन विचाराधीन रहेको गृहका अधिकारीले बताए । पूर्व सुरक्षा अधिकारीसहित पूर्व पदाधिकारी तथा विशिष्टका लागि छुट्टै सुरक्षा व्यवस्थापन कार्यविधि बन्ने क्रममा रहेको गृहले जनाएको छ । नयाँ कार्यविधि बनेपछि अहिले प्रदान गरिदै आएको सुरक्षा व्यवस्थामा परिमार्जन हुने गृह मन्त्रालयको भनाई छ ।

मैले फिर्ता गरीसकेको छुस् पूर्व एसएसपी श्रेष्ठ
सशस्त्र प्रहरीका पूर्व एसएसपी महेशकुमार श्रेष्ठले आफूले लिएको सुरक्षाकर्मी फिर्ता गरिसेकेको बताएका छन् । ‘मैले लिएको सुरक्षाकर्मी १८ महिनाअघि रिटायर्ड हुँदा नै फिर्ता गरेको छु,’ उनले भने । गृह मन्त्रालको रेकर्डमा भने उनले एक सुरक्षाकर्मी लिएको उल्लेख छ ।

अबकाश प्राप्त सशस्त्र प्रहरीको आन्तरिक सुरक्षा कार्यविधि २०७५ अनुसार अवकास प्राप्त बरिष्ठ उपरिक्षककले निवासमा सुरक्षाकर्मी राख्न पाउने व्यवस्था समेत छैन ।

अबकास भईसकेका महानीरिक्षक, अतिरिक्त महानीरिक्षक र नायब महानीरिक्षकले क्रमशः ५, ४ र ३ बर्षका तोकिएका सुरक्षाकर्मी राख्न पाउँछन् । कार्यविधिअनुसार महानीरिक्षकले ३, अतिरिक्त महानीरिक्षकले २ र नायब महानीरिक्षकले १ जना सुरक्षाकर्मी राख्न पाउने व्यवस्था रहेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया