चिकित्सकलाई विभिन्न जिल्ला खटाइयो

  बैशाख ०५, २०७७

अत्तरिया, वैशाख ५ : सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सुदूरपश्चिम खटाएका आवासीय चिकित्सकलाई यहाँका विभिन्न जिल्लामा आवश्यकताअनुसार खटाएको छ ।

आज यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएका चिकित्सकलाई प्रदेशका नौवटै जिल्लामा खटाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले बताउनुभयो ।

उहाँका अनुसार १४ चिकित्सकलाई सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पतालमा चार, पहाडी जिल्ला अछाम, डडेल्धुरा, बझाङमा तीन÷तीन जना खटाइएको छ ।

बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई-दुई जना खटाइएको जनाइएको छ । खटाइएका स्वास्थ्यकर्मी अहिले एमडिएमएस गर्ने सबै जना सरकारको छात्रवृत्तिमा पढ्छन् । सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो ।

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सो टोली सुदूरपश्चिम पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया