बहराइनमा थप २७ नेपालीमा कोरोना, संक्रमित नेपाली ४९ पुगे

  बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । जसमध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

कूल सङ्क्रमितमध्ये ७२५ जना निको भएर घर फर्किएका दूतावासले जनाएको छ । बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ बाट बहराइनमा सात जनाको मृत्यु भएको छ ।

बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिकरुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ । बहराइनमा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

बहराइन अधिराज्यमा १६ अप्रिल बेलुका ७ बजे सम्ममा ७६ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण भए ÷ नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ९ सय ९० जना रहेकोमा ३ जना क्रिटिकल अवस्थामा पुगेको छन् ।

संक्रमणबाट ठिक भई डिस्चार्ज हुनेको संख्या ७ सय ३ पुगेकोमा मृतकको संख्या ७ पुगेको छ ।
बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफि दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया