सरकार निमुखाको पैदलयात्राको दर्शकमात्र भयो : देउवा

  बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले आज ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गर्नुभएको हो ।

साथै सभापति देउवाले काठमाडौँमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौँ किलोमीटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गर्नुभएको छ तर सरकारमा बसेका त्यो यात्राको दर्शक मात्रै भएको उहाँको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया