ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन

  बैशाख ०५, २०७७

धादिङ, बैशाख ५ : धादिङ–ज्वालामुखी मैदी स्थित स्वास्थ्य केन्द्रमा गरिएको आरडिटी रिपोर्टमा पोजिटिभ रिपार्ट आएका ज्वालामुखी ३ अमराईका २७ वषीपर््य युवाको पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ । नेगेटिभ रिपोर्ट आएको सुनेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।

फागुन २० गते दक्षिण कोरियावाट आए लगत्तै हेटौडा गएर स्वक्वाारेन्टाईनमा बसेको दावी गर्दै आएका युवाको मैदी स्वास्थ्य चौकीमा आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उहाँलाई गाउँपालिकाको पहलमा मंगलवार रातिबाटै सदरमुकाम स्थित आईसोलेसनमा राखिएको थियो । युवाको स्वाव परीक्षणका लागि काठमाडौँ पठाएकामा रिपार्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाले बताउनु भयो ।

युवामा पहिलो परीक्षणमा पोजिटिभआए लगत्तै पुरै वस्तीलाई लक गरि बस्तीमा जाने सबै सडक र गोरेटोबाटोमा रुख ढालेर अवरुद्ध गरिएको थियो । उक्त रिपार्ट नेगेटिभ आए पछि पुरै गाउंवासी खुसी भएको गाउपालिका स्थानीय लक्ष्मी अर्यालले बताउनु भयो ।

अर्यालका अनुसार सबै छिमेकीलाई कोरोना भएको आशंका गरिएपछि सबैको शिर अँध्यारो भएको थियो र तर काठमाडौँबाट नेगेटिभ रहेको खबर आउना साथ सबैको अनुहारमा खुसी छाएको बताउनु हुन्छ । जिल्लाका अधिकांशले रिपोर्ट नेगेटिभ आएको खुसी सामाजिक सञ्जाल मार्फत पनि व्यक्त गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया