सरकारले लियो युरोप, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नागरिकका अवस्थाबारे जानकारी

  बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणमा गुज्रिरहेका युरोप, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका रहेका नेपाली नागरिकहरुको अवस्थाबारे सरकारले बिहीबार जानकारी लिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपस्थित नेपाली राजदूतहरुसॅग छुट्टा–छुट्टै टेलिफोन संवाद गरी कोरोनाको वर्तमान अवस्था र त्यहॉ रहेका नेपालीहरुको सुरक्षाका लागि नियोगहरुले गरेका कार्यबारे जानकारी लिएका हुन्। टेलिफोन सम्वादमा मन्त्री ज्ञवालीले त्यहॉ रहेका आफ्ना नागरिकहरुलाई सहयोगका लागि हरबखत तयार रहन राजदूतहरुलाई निर्देशन पनि दिए।

ज्ञवालीले युरोपका आठ मुलुक ९बेलायत, फ्रान्स, बेल्जियम, स्पेन, फ्रान्स, जर्मनी, डेनमार्क र रसिया०का राजदूत तथा नियोग प्रमुखहरुसॅग त्यहॉ रहेका नेपालीहरुको अवस्था र सुरक्षाबारेमा जानकारी लिएका थिए। ज्ञवालीले युरोपमा रहेका दुई संयुक्त राष्ट्रसंघका स्थायीहरु (भियना र जेनेभा) नियोगहरुका प्रमुखहरुसॅग कोरोना भाइरसले नेपाली नागरिकहरुलाई पारेको प्रभाव र त्यहॉ रहेर खेल्ने पर्ने भूमिकाको बारेमा छलफल गरेका थिए। मन्त्री ज्ञवालीले अस्ट्रेलिया र थाइल्यान्डका राजदूतहरुसॅग पनि त्यहॉ रहेको नेपालीको अवस्थाबारे जानकारी लिएका थिए।

ज्ञवालीले सम्वादमा त्यहॉ रहेका नेपाली नागरिकहरुको भिसाको म्याद थप र अन्य सुरक्षाबारे पनि चासो राखेका थिए।ज्ञवालीले राजदूतहरु र नियोकहरुलाई विद्यार्थी वा अन्य पर्यटन भिसामा सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकलाई परेको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न निर्देशन दिएका थिए।

प्रेस सल्लाहकार सुदन ज्ञवालीले मन्त्री ज्ञवालीले टेलिफोन सम्वादका क्रममा राजदूतहरुलाई अभिभावकको भूमिका खेल्न निर्देशन दिएका थिए। ‘तपाईहरु नै त्यहॉ रहेका हाम्रा नागरिकका लागि देश हो,’ मन्त्री ज्ञवालीको निर्देशन उल्लेख गर्दै उनले भने।

सम्वादमा मन्त्री ज्ञवालीले सम्बन्धित मुलुकका राजदूत तथा नियोग प्रमुखहरुलाई दैनिक रुपमा त्यहॉ रहेका नेपालीको अवस्थाबारे मन्त्रालयलाई रिपोर्ट गर्न पनि निर्देशन दिएका छन्। उनले राजदूत तथा नियोग प्रमुखहरुलाई नेपाली नागरिकहरुलाई समस्या पर्दा चौबिसै घन्टा हटलाइनमा तयार रहन पनि निर्देशन दिए।

विदेशीको भिसा म्याद थप
सरकारले नेपाल आउने तय भई विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुबाट भिसा लिएको तर कोरोना संक्रमणका कारण नेपाल आउन नपाएका सम्पूर्ण विदेशी नागरिकहरुको भिसा म्याद थप गरिदिएको छ।

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विदेशमा रहेको नेपालको कुटनीतिक नियोगबाट भिसा लिएर नेपालमा आउन नपाएका विदेश नागरिकहरुलाई ध्यानमा राखेर सरकारले उक्त निर्णय गरेको हो।

सरकारले जनवरी १ देखि मार्च १ सम्ममा विदेशस्थित नेपालका कुटनीतिक नियोगहरुबाट जारी भएका भिसाहरुमा थप गरेको हो। ‘६ महिनाको भिसा जारी गरेकोमा थप ६ महिना भिसा म्याद थप गरी अब एक वर्षसम्म नेपाल छिर्न पाउने व्यवस्था मिलाइएको छ,’ तिवारीले कान्तिपुरसॅग भने।

यस सम्बन्धमा नेपालस्थित विदेशमा रहेका कुटनीतिक नियोगहरुले पनि आफ्नो आधिकारिक बेबसाइटमार्फत जानकारी दिन थालिसकेका इकान्तिपुर अनलाइन खबरमामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया