चैत महिनामा विदेशबाट आएकालाई र्‍यापिड टेस्ट गराउन सरकारको आग्रह

  बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्‍यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई र्‍यापिड टेस्टमा आउन आग्रह गरेको हो ।

यस्तै, कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पनि र्‍यापिड टेस्ट गर्न मन्त्रालयले आग्रह गरेको अनलाइन खबरमामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया