नेपाल एयरलाइन्सका दुई वाइडबडी आज चीन जाँदै

  बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् ।

चीनबाट मेडिकल सामान ल्याउन निजी कमपनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । खड्काका अनुसार फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टड भएको हो । पौने ७ बजे उड्ने यी जहाज शुक्रबार बिहान काठमाडौं र्फकनेछन् । यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुनेछ ।

सबै उडान मेडिकल सामग्रीको आपूर्तिका लागि भएको हो । कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया