संक्रमण नपाइएपछि एक डिस्चार्ज, अन्यकाे परीक्षणबारे छलफल हुँदै

  बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने कोरोना संक्रमित परिवारको बुहारीमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि पाटन अस्पतालबाट डिस्चार्ज भइ घर फर्कनु भएको छ ।

उक्त अपार्टमेन्टमा बुधवार २९६ जनाको -यापिड टेस्ट गरिएको र सबैको रिपोट नेगेटिभ आएकाले बुधबार थपको परीक्षण गर्ने कि न गर्ने भन्ने अझै टुङ्गो नलागेको कागेस्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

उहाँले संक्रमित परिवारको बुहारीमा समेत संक्रमण नभएको पाइएको र ¥यापिड टेस्टमा पनि सबै नेगेटिभ आएकाले स्वास्थ्य सेवा विभागका अधिकारीहरूले अहिले थप परीक्षण गर्नु आवश्यक नभएको अनौपचारिक रुपमा बताएको तर निर्णयमा नपुगेको बताउनुभयो ।

उहाँले सो अपार्टमेन्टका बासिन्दाले भने केही थपमा परीक्षण हुनु पर्नेमा माग गरेको पनि जानाकारी गराउनुभयो । अपाटमेन्टभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले बुधबार ¥यापिड टेस्टबाट २९६ को स्वास्थ्य परीक्षण गरेको थिए ।

सोमवार उक्त अपामेन्टमा बस्ने तीनजनालाई कोरोना भाइरसको सङ्क्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले अपामेन्टलाई सिल गरेको थियो ।

तपाईको प्रतिक्रिया